
ओखलढुंगा, असार ९
ओखलढुंगा मानेभञ्ज्याङ–६ देउराली डाँडा स्थित सिद्धिचरण राजमार्गमा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । ट्याक्टर चालक भारत पश्चिम बङगाल घर भएका २७ बर्षीय संजय बरमनको दुर्घटनामा मृत्यु भएको हो ।
मानेभञ्ज्याङबाट थाक्ले तर्फ जादै गरेको तत्काल नम्बर नखुलेको ट्याक्टर आज बिहान सवा १० बजे आफै अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसी दुर्घटना हुदा ट्याक्टर चालक बरमन गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । उनको मिसन अस्पतालमा उपचारको क्रममा बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
