
पूर्णपुष्टि/उदयपुर असोज ४ गते ।
उदयपुरमा ट्रिफरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
त्रियुगाा नगरपालिका ७ स्थिति कोवाइमा बुधबार बेलुका ट्रिफरको ठकर बाट १२ वर्षीय बालको मृत्यु भएको हो ।
मुर्कुचीबाट चुहाडे तर्फ आउदै गरेको ना १ क ७९०७ नम्बरको ट्रिफरले पैदल यात्री मिन बहादुर कार्कीको छोरा रोशन कार्कीलाई ठकर दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ट्रिफरको ठक्करबाट गम्भिर घाईते भएका बालकलाई स्थानिय मेडिकलमा समान्य उपचार गरि विराटनगर लाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रिफर चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।