भोजपुर, असार २७ गते ।
भोजपुरको ट्याम्केमयुममा पहिरोले ट्वाईलेटलाई पुर्दा एक बालकको पहिरोले पुरेर मृत्यु भएको छ । ट्याम्केमयुम गाउँपालिका – ९ ऐराङमा माथिबाट झरेको पहिरोले ट्वाईलेट भित्र रहेका १४ वर्षीय जनक विकको मृत्यु भएको हो ।
विहान करिब १० बजे अचानक माथिल्लो काल्ला भत्के पहिरो झरी ट्वाईलेट पुरेपछि ट्वाईलेट भित्र रहेको विकको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले ट्वाईलेमै पुरीएको अवस्थामा दिदीले देखेपछि स्थानियको सहयोगमा विकलाई उद्दार गरी घर लगेको प्रहरीले जनाएको छ ।
पहिरोले ट्वाईलेट पुरी केहि मिटर सारेको छ । विकलाई उद्दार गरी घरमा ल्याएको केहि घण्टापछि मृत्यु भएको प्रहरीले जनाएको छ ।