
पूर्णपुष्टि, असार २४
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) मा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेको छ । आफू विश्व स्वास्थ्य सङ्गठनको कर्मचारी भएको र जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ लिएर फरार रहेका नवलपरासीको सुस्ताका विजय पाण्डे पक्राउ परेको हो ।
ठगी गर्ने पाण्डेलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । चितवनकी अस्मिता अधिकारीसँग १ लाख ८२ हजार रुपैयाँ, चितवनकै निशानबाबु घिमिरेसँग ३ लाख ५० हजार रुपैयाँ लिएको तथा अरु ठगी गरेको भेटिएको अपराध महाशाखाले जनाएको छ ।
