Tuesday, June 2News That Matters

डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ

पूर्णपुष्टि,वैशाख ५

डाँका मुद्दाका ५ फरार प्रतिबादीहरुलाई पक्राउ गरी आज सार्बजनिक गरिएको छ । पक्राउ पर्नेमा सुनसरी बर्जु–१ की ३६ वर्षीया सृजना चौधरी, ईटहरी–१३ का ३२ वर्षीय नमाजुद्दिन आलम, सुनसरी छातावेलीका २८ वर्षीय मर्तुजा मियाँ, मोरङ बुढीगंगाका ३० वर्षीय अजिम मिया र सुनसरी दुहबी–११ का ३० वर्षीय सर्वन उराव रहेका छन ।

उनीहरुले २०७७ साल फागुन ६ गते सुनसरी बर्जु–१ का शुभाष चौधरीको घरमा मध्यरातमा  प्रवेश गरी शुभाष लगायतको उनको परिवारलाइ कुटपिट गरी घरमा रहेको नगद ५४ हजार समेत डाँका गरी लगेको खुल्न आएको छ । पक्राउ परेकी मध्ये सृजना चौधरी मुख्य योजनाकार रहेको साथै उनले रिषिवी साध्ने सोच बनाई शुभाष चौधरीको घरमा आर्थिक प्रलोभन देखाई डाँका गर्न लगाएको समेत खुल्न आएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट मिस फायर भएको ७.६५ केएफ लेखिएको १ राउण्ड गोली समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरु उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।