
झापा/भदौ ६ गते ।
झापाको दमकमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका – ३ निबासी मदन श्रेष्ठ वडा कार्यालयले खनेको पोखरीमा पौडि खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
दिउँसो साँढे ४ बजे वडा कार्यालयले खनेको सार्वजनिक पोखरीमा पौडी खेल्ने क्रममा २० वर्षीय श्रेष्ठ डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
