
साउन २५ साउन गते ।
धादिङको गजुरीमा बालुवा निकाल्ने खाल्डोमा डुबेर दुई जनाको मृत्यु भएको छ । गजुरी गाउँपालिका – ६ ठुलीफाँटको दरिङगाल खोलामा बनाईएको खाल्डोमा डुबेर भीम तामाङ र सुमन स्याङतानको मृत्यु भएको हो ।
वडा न. ७ निबासी २१ वर्षीय तामाङ र २३ वर्षीय स्याङतान पौडि खेल्दै खाल्डोमा बालुवा भए नभएको परीक्षण गर्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै जनाले खोलाबाट बालुवा निकालेर घर परिवार चलाउदै आएको प्रहरीले जनाएको छ ।
खोलामा अनियमित ढंगले डोजर प्रयोग गरेर बालुवा निकाल्दा खोला पोखरीमा परिणत भई दुर्घटना भएको भन्दै आक्रोसित स्थानीयबासीले राखेका तीन ओटा डोजरमा आगजनी गरेका प्रहरीले जनाएको छ ।
पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने तथा बालुवा उत्खनन गर्ने ठेकेदारलाई कानुनी कारवाही गर्नुपर्ने माग गर्दै घटना स्थलमै शव राखेर स्थानीयबासीले विरोध प्रदर्शन गरिरहेको प्रहरीले जनाएको छन् ।
