
झापा, असोज ४ गते ।
झापाको कमल गाउँपालिकामा खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । कमल गाउँपालिका – ४ भुल्लुङ खोलाको निर्माणधीन कल्भर्टको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबरे मृत्यु भएको प्रहरीले जनाएको छ ।
भोजपुर गुरासे घर भई (हाल कमल गापा–४) मा हजुरबुवा ज्ञानेन्द्रकुमार तामाङसँग बस्दै आएका १४ वर्षीय सुन्दर तामाङ र स्थानिय देवेन्द्र बुढाथोकीको छोरा ११ वर्षीय क्रेडिट बुढाथोकीको शुक्रबार दिउँसो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
साँझ अवेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा खाल्डामा जमेको पानीमा डुविरहेको अवस्थामा स्थानियले फेला प्रहरीलाई खबर गरेको थियो । घटनाको जानकारी पाउनथास प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
