Monday, April 20News That Matters

डेंगुबाट ४ जनाको मृत्यु, २६ सय संक्रमित

भदौ २३ गते ।  

सरकारले अहिलेसम्म डेंगुको संक्रमणबाट ४ जनाको मृत्यु भएको जनाएको छ । मुलुकभर डेंगुको प्रकोप फैलिएको बेला सरकारले डेंगुबाट चार जनाको मात्रै मृत्यु भएको आधिकारीक जनाकारी गराएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट प्राप्त आधिकारिक जानकारी अनुसार चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु भएका चार जनाको पनि डेंगुबाटै हो वा होइन भन्ने अझै परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ ।

देशभर करीब २ हजार ६ सय बिरामीमा डेंगुको संक्रमण आशंका गरिएको महाशाखाकाले जनाएको छ । त्यसमध्ये सबैभन्दा बढी प्रदेश ३ मा करीब ११ सय जना डेँगु संक्रमण रहेका छन् । तयसैगरी प्रदेश १ मा ७ सय ५३ जनामा डेंगुको आशंका गरिएको छ ।

प्रदेश र्२ मा २३, गण्डकी प्रदेशमा पाँच सय ७२, प्रदेश ५ मा एक सय पाँच, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेंगुको संक्रमण देखिएको छ । यो तथ्यांक सरकारी अस्पतालमा भर्ना भएका बिरामीहरूको मात्र हो ।