Tuesday, June 9News That Matters

डोटीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका २ को मृत्यु

पूर्णपुष्टि,कार्तिक १२ 

डोटीमा अरिङ्गालको टोकाइबाट एकै परिवारको २ बालिकाको मृत्यु भएको छ । सायल गाउँपालिका–१ छपाली निवासी भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घर नजिकैको रुखमा बसेको अरिङगालले टोकेर गम्भीर घाइते भएका दुबै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजादै गर्दा बाटोमै मृत्यु भएको स्थानीयवासीले बताए ।