Wednesday, June 10News That Matters

ढिस्कोले पुरेर १ जनाको मृत्यु

मोरङ, फागुन–१८

मोरङ सुनवर्षीमा माटोको ढिस्कोले पुरेर एक जनाको मृत्यु भएको छ । सुनवर्षी नगरपालिका – ४ गान्धी आश्रम निबासी २० बर्षीया बन्सुगिया यादवको मंगलबार दिउँसो साढे १ बजे माटोको ढिस्कोले पुरेर मृत्यु भएको हो भने दुई जना घाईते भएका छन् ।

सुनवर्षी–१ काला बन्जार स्थित डाँस खोलाको बगरमा  माटो खन्ने क्रममा बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । उनि सगै गएका सोही स्थान बस्ने ९ बर्षीया मनिका यादव र ५५ बर्षीया झोलीया यादव समेत घाईते भएका छन् । उनीहरुको रंगेली अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय रंगेली मोरङले जनाएको छ ।