
ईलाम,बैशाख १४ गते ।
ईलाममा चिप्लिएर एक जनाको मृत्यु भएको छ । फाकफोकथुम–३ सल्लेरी निबासी ४० बर्षीय राम बहादुर लकान्द्रीको चिप्लिएर मृत्यु भएको हो ।
आफनै घर नजिकै रहेको जंगलमा सुँगुरको चारो काट्न जाने क्रममा आज दिउँसो पउने १ बजे ढुङगामा चिप्लिएर लड्दा लकान्द्रिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउसाथ तत्काल प्रहरी टोली खटि गई घटनाको थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ ।
