Friday, February 14News That Matters

ढुङ्गे खोला झोलुङ्गे पुल निर्माण शुरु

नमिका राई /प्रशिक्षार्थी पत्रकार

बाँस्बोटे असार १० गते ।

लिम्चुङ्बुङको ढुङ्गे खोलमा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । लिम्चुङ्बुङ र ताप्लि जोड्ने झोलुङ्गे पुल गत जेष्ठ १९ गतेबाट सुरु भएको हो ।

लिम्चुङ्बुङ् गाउँपालिका – १ बासबोटे बुत्कु र ताप्ली गाउपालिका –४ थुम्की जोड्ने झोलुङ्गे पुल दुई गाउँपालिकाको संयुक्त लगानीमा निर्माण सुरु भएको पालिकाले जनाएको छ ।

करिब ८५ मिटर लम्बाई भएको झोलुङ्गे पुल निर्माणका लागि ग्रामिन वातावरण विकास  केन्द्र लिम्चुङ्बुङ र ताप्ली गाउपालिका गाउँपालिकाको ३३ लाख २३ हजार पाँच सय चार रुपैया ५१ पैसा  लगानीमा काम सुरु भएको पुल निर्माण समितिका अध्यक्ष ज्ञानबहादुर राईले बताए ।

उक्त पुलको निर्माण कार्य अवधी दुई वर्षको रहेको अध्यक्ष राईले बताए । स्थानियहरु सदरमुकाम, कटारी बजार लगायतका विभिन्न ठाउँमा आवत जावत गर्नका लागि वर्षायाममा समस्या हुने भएकाले समस्या हटाउनका लागि पुल निर्माण सुरु गरिएको अध्यक्ष राईले बताए ।

पुल निर्माण भएपछि करिब तीन सय ५८ घरपरिवारलाई आवत जावतमा सहजत आउने छ । पुल बनेपछि  सधै खोलासँग जुध्नु पर्ने सम्या टर्ने स्थानिय शिवकुमार राईले बताए । वर्षैँ वर्षको समस्या समाधान हुन लागेपछि स्थानियबासीहरु खुसी भएको राईले बताए ।

बाढी आएको बेला खोलाले बोकेर लाने डर हुन्थ्यो, केटा केटी, महिला,बुढापाकाहरुलाई खोलाले सारै सताएको थियो । अव पुल बनेपछि त सहज हुने भो राईले बताए ।