Friday, June 26News That Matters

तत्काल त्रिविको परीक्षा नहुने

पूर्णपुष्टि, साउन ३०

त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोरोना सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको हो ।

यसअघि बन्दाबन्दी  खुलेसँगै परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो । स्थिति सहज भएपछि परीक्षाको तयारी गरे पनि अहिले फेरि सङ्क्रमण बढेकाले परीक्षा पुनः स्थगन गरेको जनाएको छ ।

त्रिविले सामान्यावस्था भए मात्र परीक्षा चलाउने भएको छ  । अब हुने परीक्षाको जिम्मा डीन कार्यालयलाई दिइएको पनिकाले जनाएको छ । सामान्य अवस्था भए पनि डीन कार्यालय नै परीक्षाको तयारी गर्ने जनाईएको छ ।

भदौ १ गतेदेखि लामो दूरीका यातायात सञ्चालन भएपछि  विद्यार्थी काठमाण्डौ आउने र त्यसपछि परीक्षा सञ्चालन गर्ने तयारी गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमण बढदै गएपछि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्मका लागि लामो दूरीका यातायात चल्न नदिने निर्णय गरेको छ ।