
ताप्लेजुङ, श्रावण २५
ताप्लेजुङको फक्ताङलुङमा तमोर नदिले बगाएर एक बालक बपत्ता भएको छ । फक्तङलुङ गाउँपालिका–४ का हर्क बहादुर लिम्बुका १५ बर्षीय छोरा शुक्रबिर लिम्बुलाई तमोर नदिले बगाएर बेपत्ता भएको हो ।
शनिवार दिउँसो १२ बजे साथीहरुसंगै तमोर नदिमा पौडी खेल्न गएका बालकलाई अचानक नदिले बगाउँदा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएका बालकको प्रहरी र स्थानीयवासीको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
