Friday, February 14News That Matters

तरकारी तथा फलफूलको विषदी कम गर्ने घरेलु उपाय

तरकारी तथा फलफुलमा हुने विषादीका अवशेष जुन मानव स्वास्थ्यको लागि हानिकारक छ । यस्ता हानिकारक विषादीहरुलाई केहि घरेलु उपाय अपनाएर पनि कम गर्न सकिन्छ ।

१.  पानीको तिव्र वेग भएको धारामा तरकारी तथा फलफूललाई तीनपटक सम्म पखाल्नाले त्यसमा भएको ६० प्रतिशतसम्म विषादी पखालिएर जान्छ ।

२. एक चम्चा नुन एक लिटर पानीमा मिासाएर १०–१५ मिनेटसम्म तरकारी तथा फलफूललाई डुबाएर राख्नाले ७० प्रतिशतसम्म विषादी हट्दछ ।

३. तरकारी तथा फलफूलको बाहिरको बोक्रा केलाएर पनि धेरै मात्रामा विषादीका अवशेष हटाउन सकिन्छ । विषदीको अवशेष बढि बाहिरी भागमै हुने गर्छ ।

४.  वेमौसमी फलफुल र तरकारीमा बढी विषादी मिसाएको हुनाले एकै प्रकारका फलफूल तथा तरकारी खाईरहनु हुदैन ।