
पूर्णपुष्टि, असार १४
भारतबाट तराईका केहि जिल्लामा देखा परेको सलह किरा पहाडी क्षेत्र तिर लागेको छ । हिजो रुपन्देही, बारा, पर्सामा ठूलो सङ्ख्यामा सलह देखा परेको थियो । नेपालमा सलह प्रवेश गरपछि कृषकहरु चिन्तित भएका छन् ।
आकाशमा उडिरहेको सलह निकै आत्तिएको जस्तो देखिएको बताउँदै बालीमा कुनै पनि क्षति नगरी पहाडी भेगतिर लागेको प्रदेश ५ कृषि निर्देशनालयले जनाएको छ ।
अहिले गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी, कपिलवस्तुलगायत जिल्लामा सलह फैलिएको जानकारी आएको छ । त्यस्तै २ न. प्रदेशमा देखा परेको सलह अहिले काभ्रे, सिन्धुलीमा पुगेको जनाईएको छ ।
शानिबार साँझ आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बैठक बसी सलह नियन्त्रणका लागि आवश्यक रणनीति तय गरेको छ ।
सलह किसान आफैँले जम्मा गरेर आफ्नो वडा कार्यालयमा लगे प्रतिकिलो २० रुपियाँका दरले खरिद गर्ने निर्णय गरेको छ ।
