
ताप्लेजुङ, वैशाख ५ गते
ताप्लेजुङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले १० नाल भरुवा बन्दुक बरामद गरेको छ । मंगलबार प्रहरी चौकी शिवाबाट खटिएको प्रहरीले फक्तालुङ गाउँपालि १ सावादिन जंगलमा बेवारिशे अवस्थामा ३ नाल भरुवा बन्दुक फेला पारी बरामद गरेको हो ।
त्यस्तै प्रहरी चौकी निगुरादिनबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका १ बाट जंगलमा लुकाई राखेको १ नाल भरुवा बन्दुक बरामद गरेको हो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका २ फुलवारी स्थित ओडारे जंगलमा २ नाल, इलाका प्रहरी कार्यालय तल्लोकबाट खटिएको प्रहरी टोलीले श्रीजंगा गाउँपालिका ३ कुन्जरीमा लुकाई राखेको ३ नाल बन्दुक बरामद गरेको हो । सोही गाउँपालिका सिकैचाका तुलाराम काङबाङले १ नाल लाईन्सन्ससहितको भरुवा बन्दुक प्रहरीलाई बुझाएको पनि प्रहरीले जनाएको छ ।