
अनिशा थापा मगर/प्रशिक्षार्थी पत्रकार
ताम्लिछा , जेठ २६ ।
लिम्चुङबुङ गाँउपालीका वडा नं. २ ताम्लिछा डाडागाउँ देखी वडा कार्यालय सम्म सडक सुधार भइ रहेको छ । सडक जेठ ११ देखी खन्न सुरु गरीएका्े हो ।
यस आर्थिक बर्षमा वडालाइ ६ लाख २० हजार बजेट छुट्याएको छ । डाडागाउको पहीलो मोड सुधार तथा तल्लो मोडबाट ट्रयाक परीवर्तन गरी रोड स्तरीकरणको काम हुदैछ ।
कामको लागी एउटा व्याकुलड र एउटा जेसीबी लगाइएको छ । डाडागाँँउको मोडदेखी वडा कार्यालयसम्म खन्नु परेकोले लक्ष्यसम्म बाटो खन्न नसकीएको निर्माण समीती अध्यक्ष कृष्ण नीरौलाले बताए ।
तर वडा कार्यलयसम्मको मर्मत नगरी नहुने भएकोले अर्को बर्षको बजेटले सुधार गर्ने उनले बताए । सडकले वडा नं.२ कोबासिन्दालाइ यातायात सुवीधा हुनेछ । सडक बनाइएपछि ताम्लिछासम्म बस पुग्नेछ । डाडागाँउको विद्यार्थीहरुलाइ विद्यालय जान सुवीधा हुनेछ ।