Monday, February 17News That Matters

तास खालबाट ६ जना पक्राउ

सुनसरी, साउन ९ गते । 

सुनसरीको हलगढाबाट तास खेल्दै गरको ६ जना पक्राउ परेका छन् । ईटहरी उपमहानगरपालिका–२ स्थित हलगढाको सुर्यदय होटलबाट तास खेल्दै गरेका ६ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको हुन् ।

होटलमा पैसाको बाजी राखेर अवैध जुवा तास खेलिरहेको गोप्य सुचनाको आधारमा प्रहरी टोलिले ईटहरी उपमहानगरपालिका – २ निबासी ४८ वर्षीय डोमी चौधरी, ४५ वर्षीय झलकबहादुर कार्की, ३७ वर्षीय अनिल तामाङ, ५८ वर्षीय गोपाल निरौला, ईउमनपा – ४ निबासी ३६ वर्षीय बिदुर मिश्र र ईउमनपा – ५ निबासी २६ वर्षीय मुकुन्द काफ्ले तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले तास खेलेको ठाउबाट नगद ३५ हजार ८ सय ८० रुपैया, क्याल्कुलेटर १ थान, तास १६२ पत्ती बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीमा  राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।