
भदौ १५ गते ।
तिजमा अधिकांश महिला ब्रत बस्ने भएकाले आफ्नो स्वास्थ्यलाई पनि ख्यान गर्नु पर्दछ । पहिला जस्तो पानी पनि नखाई ब्रत बस्ने चलन कम हुदै गएपनि फलफुल खादा पनि ख्याल गर्नु पर्दछ । आफ्नो स्वास्थ्यलाई ख्याल नगरि ब्रत बस्नु भनेको रोग निम्त्याउनु हो ।
व्रत बस्दा ध्यान दिनुपर्ने कुरा
– भात नखाए पनि सुजी, साबदाना लगायतका परिकार खानुपर्छ ।
–पानी, जुस, फलफूल, दूध खाएर बस्नु पर्छ ।
– केहि नखाएपनि पानी चै खानै पर्छ ।
– दिनमा ब्रत बसेपनि राती ब्रत बस्नु हुदैन ।
– ब्रतको नाममा लामो समय व्रत बस्नाले धेरैखालका रोग लाग्न सक्छ ।
– ब्रत बस्दा स्वास्थ्यको ख्याल नगर्नाले शरीर कमजोर भएर ढल्ने तथा अस्पतालसम्म पुग्नु पर्ने अवस्था आउँन सक्छ ।
व्रत बस्दाको फाइदा
– आत्मसन्तुष्टि हुन्छ ।
– खानाबाट हुने एलर्जी तथा पेट फुल्ने समस्यालाई ठिक गर्छ ।
– खानाले भएको ग्याष्ट्राइटिसलाई राम्रो गर्छ ।
– मोटो, कलेजोमा बोसो भएका, कोलेस्ट्रोल भएका र पेट ठूलो भएकाहरुलाई फाइदा हुन्छ ।
– समय समयमा व्रत बसेर कम खाने मान्छे बढी बाँच्छन् भन्ने प्रमाणित भएको छ ।
व्रत बस्दाको बेफाईदा
– सुगरका विरामीले व्रत बस्दा प्रेसर लो भएर बेहोस हुने तथा मस्तिष्कमा असर पुग्न सक्छ ।
– प्रेसरका बिरामीले विहान नुन, पानी नखाँदा चक्कर लागेर ढल्न सक्छन् ।
– उमेर धेरै भैसकेकाहरुले व्रत बस्दा बेफाइदा गर्छ ।
– कम तौल भएकाले व्रत बस्दा पानी तथा ग्लुकोजको मात्रा कम भएर ढल्ने सम्भावना धेरै हुन्छ ।
– वृद्धि विकास हुने उमेरमा व्रत बस्दा असर गर्छ ।
– मिर्गौलाका बिरामीले व्रत बस्दा पानीको मात्रा कम भएर ढल्ने सम्भावना हुन्छ ।
– गर्भवती तथा दूध खुवाउने महिलाले पनि व्रत बस्नु हँुदैन ।
