
डिएन चौधरी
उदयपुर/भदौ ३ गते ।
त्रियुगाको राजाबासमा विधुत ट्रान्सर्फमर जल्दा तीन दिनदेखि गाउँ अन्धाकार भएको छ । त्रियुगा नगरपालीका– ९ केहि गाउँहरु अन्धकार भएको हो ।
विद्युतको ट्रन्सफर्मर जल्दा नवउदयटोल, चौकरीवारी, पाखाटोल र सखुवनी लगायत गाउँका करिब २ हजार उपभोक्ता विजुली बिहिन भएको स्थानियबासीहरुले बताएका छन् ।
विजुली अरुद्ध भएपछि खाद्यन्न मिल र सामुदायिक रेडीयो नै बन्द भएको छ । गर्मी मौसममा तीन दिनदेखि गाउँलेहरु गार्मी सहनु परेको छ भने अन्धकारमा बस्न बाध्य भएको स्थानिय भेषराज राउतले बताए । विजुली नहुदा विद्युतिय सामाग्री मोवाइल, टर्च लाइट, रेडियो लगायका उपरकाण चार्ज गर्न नपाएको राउतले वताए ।
एसईईको पुरकपरीक्षा चलिहरको बेला विद्यार्थीहरुले पठनपाठन गर्न नपाएको र सुत्केरी आमाहरुलाई पनि समस्या भएको राउतले बताए । बिजुली वत्ति अबद्ध भएपछि रेडियो उदयपुरको प्रसारण सेवा प्रभावित भएको रेडियो उदयपुरका स्टेस्न म्यानेजर बन्दना दनुवारले बताईन् ।
विजुली अवरुद्ध भएपछि विद्युतिय सामाग्रीहरु ठप्प भएको छ । ट्रान्सर्फमर व्याकअप नभएकाले विजुली संचालन गर्न अझै एक हप्ता लाग्ने नेपाल बिधुत प्राधिकरण गाईघाटका इन्जिनियर संजिव कर्णले बताए ।
