Friday, February 14News That Matters

तीन तलाक अपराध ठहर

साउन १५ गते ।

कुसस्कारको रुपमा प्रचलित तीन पटक तलाक बोलेर गरीने सम्बन्धविच्छेद विरुद्धको विधेयक भारतको संसदले पारित गरेको छ । मुसलमान समुदायमा प्रचलित सम्बन्धविच्छेदका लागि बोलिने तीन तलाक अपराध ठहर गर्ने एक विवादास्पद विधेयक संसदले पारित गरेको हो ।

यस कानुन परित भएपछि कुनै मुसलमान श्रीमानले आफ्नी श्रीमतिलाई तलाक बोलेर सम्बन्धविच्छेद गरेको पाइएमा ३ वर्षसम्म कैद सजाय हुन्छ । भारतको लोकसभाबाट पारित गरेको तीन तलाक विधेयक राज्यसभाबाट पनि पारित भएको छ । यस विधेयक परित गर्दा विधेयकको पक्षमा ९९ र विपक्षमा ८४ मतको साथ पारित गरेको थियो ।

टीआरएस, जेडियू र एआईएडीएमके जस्ता दलले मतदान बहिष्कार गरेपछि विवाह अधिकार संरक्षण विधेयक सजिलै पारित भएको थियो । दुवै सदनबाट पारित भएको विधेयकलाई राष्ट्रपतिको प्रमाणीकरणका लागि पठईन्छ ।