
पूर्णपुष्टि/उदयपुर, साउन १
उदयपुरमा तीन सातादेखि बिजुली बाल्न नपाएका स्थानियले मंगलबार नेपाल विद्युत प्राधिकरण कार्यालय घेराउ गरेको छ ।
त्रियुगा नगरपालिका २ खैजनपुर बासीहरु असार १० गते बाट बत्तिबिहिन भएको थियो । प्राधिकरणको लापरबाहीले गर्दा समस्यामा परेको भन्दै गाईघाट स्थित प्राधिकरणको वितरण केन्द्र घेराउ गरेको हो ।
विहान १० बजे तिर ठुलो संख्यामा आएको खैजनपुर बासीहरुले प्राधिकरणको अगाडी नारा लगाउदै कर्मचारीलाई कार्यालय प्रवेश गर्नमा समेत समस्या उत्पन्न गरेको थियो । विग्रेको विद्युति मर्मत गर्न २२ दिन अघि नै प्राधिकरणलाई अनुरोध गरेपनि प्राधिकरणले आल टाल गरेको स्थानीयहरुको आरोप छ ।
बत्ति नहुदा ठुलो समस्या खेप्दै आएका स्थानीयहरु अतिबेला मुठ्ठी खाएर मुरी उब्जाउने समयमा छ । तर लगतार बत्तिको समस्यामा परेको स्थानीयबासीहरुले काम छोडेर प्रधिकरण घेराउन गर्न आएको वडा अध्यक्ष घमानसिंह खत्रिले बताए ।
कार्यालय पछाडिबाट छिरेर कार्यकक्षमा पुगेको केन्द्र प्रमुख रामअयोध्या यादवले कार्यालय घेराउको क्रममा प्रशासन र प्रहरीलाई समेत खबर गरेका थियो । तत्कालै वडा अध्यक्षले प्रदेश सांसद विमल कार्की, नेकपाका नेताहरु ईश्वमणि राउत लगायत जिल्लास्तरीय नेताहरुको टोली लिएर पुगेको थियो ।
टोली र यादव विच दुई पक्षिय छलफल भएको छ । बुधबार विहान सम्म विद्युत सुचारु गर्ने र नसके रवाना लिएर कार्यलयबाट जाने समेत प्रतिबद्धता यादवले गरेका छ । दुईपक्षिय छलफल पछि वडावासीहरु फेरी भोली बत्ति बल्ने आशामा घर पर्किएको छ ।