
तुलसी एक अचुक औषधीको गुणले भरिएको हुन्छ ।
औषधात्मक गुणले युक्त तुलसि मानव स्वस्थ्यको लागि लाभदाय विरुवाको रुपमा लिने गर्दछ ।
मानव शरिरको लागि उपयुक्त र विभिन्न रोगको निधन गर्न सक्ने गुण भएकोेले यलाई औषधीको रुपमा लिने गरिन्छ । तुलसीको पत्ता सेवन गर्नाले कृमिरोग,विष्टम्भ लगायतका रोग तथा हृदयदौर्बल्य र रक्तविकारको समेत ठिक हुन्छ ।
आयुर्वेदका अनुसार कच्छू, दद्रु आदिमा यसको पत्ता पिनेर लगाउन सकिन्छ। मूत्रकृच्छ, शुक्रमेह तथा त्वचागत विकारमा समेत तुलसीको प्रयोग गरिन्छ ।
हिन्दु समाजले तुलसीको वर्त बस्ने, पुजा आरधना गरेपनि तुलसीलाई चिन्न सकिराखेको पाईदैन । तुलसीलाई औषधीको रुपमा प्रयोग गर्दा विभिन्न रोगहरुको निधन हुने रोग लाग्न नदिने भएकोले स्वास्थ्य रहन सकिन्छ ।
वैज्ञानिकहरुको अनुसार तुलसी एक सबै भन्दा बढी अक्सिजन उत्पादन गर्ने बनस्पतीको रुपमा चिनिन्छ । तुतसी घर छेउछाउ रोप्नाले मानव स्वास्थ्यमा लाभ मिल्ने विश्वास रहेको छ ।