Thursday, May 28News That Matters

तेह्रथुममा शेर्पा मृत फेला

तेह्रथुम, बैशाख ८ गते ।

तेह्रथुममा पासाङ शेर्पा मृत अवस्थामा फेला परेको छ । लालीगुराँस नगरपालिका–२ दारे गौडा नजिकै संखुवासभा घर बताउने अन्दाजी ४२ वर्षीय शेर्पा सोमबार मृत अवस्थामा फेला परेको हो ।

विगत २० वर्षदेखि चिल्ड्रन पार्कको टहरामा बसी लेबर काम गर्दै आएका शेर्पा दिउँसो पौने ३ बेज मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।