
उदयपुर असार १० गते ।
त्रियुगा नगरपालिकाले आर्थीक वर्ष २०७६÷०७७ को लागि एक अर्व बजेट नगर सभा अधिवेशनमा प्रस्ताव गरेको छ । अधिवेशनमा पालिकाले आर्थीक वर्षका लागी एक अर्व एक करोड ३० लाख एक हजार बजेट प्रस्ताव गरेको हो ।
नगरले ल्याएको बजेटको आय श्रोत वितिय वाडफाड, प्रदेश सरकार वितिय समानीकरण, आन्तरिक श्रोत, प्रदेश सरकार सवारी साधन कर र स्थानिय संचित कोष वचत रहेको छ । भने बहुक्षेत्रीय पोषण कार्यक्रम, साना सिचाई कार्यक्रम, एलजिसिडीपी, सडक बोर्ड सामाजिक सुरक्षा भक्ता, संघिय सरकारको थप कार्यक्रम र शर्सत अनुदान गरि अनुमानित विवरण प्रस्ताव नगर प्रमुख बलदेव चौधरीले प्रस्तुत गरेको थियो ।
अधिवेशनमा प्रस्ताव गरेको बजेटले सवै पक्षलाई समेटको र प्रभावकारी बजेट ल्याउन लागेको नगर प्रमुख चौधरीले बताए । भौतिक पूर्वधार केन्द्रित बेजटलाई पर्यटन, शिक्षा लगायतका विषयलाई बढि प्रथमिकता दिएको नगर प्रमुख चौधरीले बताए ।
चालु आर्थीक वर्षको काम ९५ प्रतिशत भई सकेको पालिकाले जनाएको छ । मापदण्ड अनुसार ९० प्रतिशत काम भएको बाँकी १० प्रतिशत काम अनुगमन गरि मापदण्ड अनुरुप गर्ने पालिकाले जनाएको छ ।