
उदयपुर, असार ६ गते ।
त्रियुगा नगरपालिकाको कार्यालय परिसर भित्र कुकर बम फेला परेको छ । रातो झोला भित्र काटुनमा राखेको अवस्थामा कुकर बम शुक्रबार फेला परेको हो ।
विहान फोहर संकलकले फोहर संकलन गर्ने क्रममा संखास्पद वस्तु भेटाएपछि प्रहरीलाई जानकारी गराएको प्रहरीले जनाएको छ । जानकारी लगतै प्रहरी टोलीले घटना स्थललाई सुरक्षीत बनाएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षमा नेपाली सेनाको डिस्पोजल टोली बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बम कस्ले राखेको भन्ने विषयमा खोजी कार्य र अनुसन्धार भई रहेको प्रहरीले जनाएको छ ।