Saturday, May 17News That Matters

त्रिनपा १२ लाई बालविवाह, बालश्रम र लागू औषधमुक्त पारिने

उदयपुर, मंसीर १३ गते ।

त्रियुगा नगरपालिका वडा नं. १२ लाई तीन महिनाभित्र बाल विवाह, बाल श्रम र लागु औषध दूब्र्यसनमुक्त पारिने उद्घोष गरिएको छ । “बाल अधिकार–हामी सबैको सरोकार” भन्ने मुल नाराका साथ बिहिबार गाईघाटमा आयोजित बृहद अन्तक्रियामा सरोकारवालाहरुकोबीचमा यस्तो उद्घोष गरिएको हो ।

त्रियुगा नगरपालिका वडा नं. १२ को सहयोग तथा जनप्रेमी युवा समुह गाईघाटको आयोजनामा भएको कार्यक्रममा सरोकारवाला क्षेत्रका सहभागि प्रतिनिधिहरुले अधिकांश बाल अधिकार हनन्का घटनाहरु गरिब तथा अशिक्षाको कारण भएको पाईएकाले त्यसतर्फ सम्बन्धीत निकायको ध्यान तान्दै समाजमा डढेलो झै फैलदो आगु औषध दूब्र्यसनी अन्त्यका लागि अभियान सन्चालन गरिएको जनाइएको छ ।

प्रदेश सांसद सुनिता चौधरीले समाज भौतिक संरचनालाई मात्र विकासको रुपमा बुभ्mने मात्र नभई जनचेतनामुलक कुराहरुमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताइन् । जिल्ला समन्वय समितिका उपसंयोजक गंगा राईले बालबालिकालाई राम्रो वातावरण दिन सक्नुपर्ने र सक्षम र योग्य युवा जन्माउन सकेमात्र समाज र देश राम्रो बन्ने विचार राखे । उनले बाल विवाह, बाल श्रम र लागू औषध दूव्र्यसन सबै कुराका बाधक तत्व रहेको औल्याउदै त्यसलाई रोक्न सबै लाग्नुपर्ने बताइन् । वडाध्यक्ष विक्रम राईले वडालाई बाल विवाह, बालश्रम र लागू औषध दूव्र्यसनमुक्त पार्न जस्तो सुकै कदम चाल्न तयार रहेको बताए । उनले सबैसंगको समन्वय र सहकार्यबाट यस्ता कुराहरु निर्मुल पार्न सकिने विश्वास व्यक्त गर्दै सबैलाई हालेमालोका लागि आव्हान गर्नुभयो । सबैको साथ सहयोगबाट आगामी तीन महिनाभित्र वडालाई बाल विवाह, बाल श्रम र लागु औषध दूब्र्यसनमुक्त पार्ने लक्षका साथ अगाडि बढेको अध्यक्ष राईले बताए ।

क्लवका अध्यक्ष सुरेश गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अगुवा, नेता तथा समाजसेवीहरुले स्वच्छ समाज निर्माणमा एकजुट हुनुपर्ने आवश्यकता औल्याउदै त्यसका लागि आफुहरु जुट्ने प्रतिबद्धता गरेका थिए ।