पूर्णपुष्टि, पुष ८ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एकजना विदेशी नागरिक १९ किलो सुनसहित पक्र्राउ गरेका छन् । विमानस्थल स्रोतका अनुसार पक्राउ पर्नेमा सुडाजका नागरिक रहेको खुलेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा सुन फेला परेको हो । २७ वर्षीय मोहम्मद फ्लाइ दुबईको फ्लाइटबाट आएका थिए । उनी भन्सार कार्यालयको नियन्त्रणमा छन् ।
