
पूर्णपुष्टि/गाईघाट, फागुन ९ गते
-त्रियुगा मावि गाईघाटमा बुधबार ११ र १२ कक्षाका विद्यार्थीहरुको भेलाले बिक्रम राईको अध्यक्षतामा ३४ सदस्यीय किरात राई विद्यार्थी संघ, इकाई कमिटि गठन भएको छ ।
किराबि केन्द्रीय सदस्य तथा जिल्ला सचिव देवराज राईको उपस्थितिमा गठन भएको इकाईको उपाध्यक्ष्य बिज्ञान राई, सचिव विमला राई, सहसचिव योजना राई र कोषाध्यक्षमा रेमा राई रहेका छन्् ।
आगामी फागुन १२ गते किरात विद्यार्थी संघको जिल्ला सम्मेलन हुने भएसँगै जिल्लाका विभिन्न क्याम्पसहरुमा संगठन बिस्तार अभियान भईरहेको जनाइएको छ । जिल्ला सम्मेलन भब्यरुपले गर्न तयारी भईरहेको पनि जनाइएको छ ।
किरात विद्यार्थीहरुको शैक्षिक स्तर उकास्न मुख्य भूमिका खेल्दै किराँत राई भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण र सम्बद्र्धनमा टेवा पुर्याउने उदेश्यले संघको गठन भएको भेला कार्यक्रमका प्रमुख अतिथि एवम् संघका केन्द्रिय सदस्य देवराजले बताउनुभयो ।
कार्यक्रममा त्रिजव क्याम्पस मोतिगडाका स्ववियु सचिव तथा किरात राई बिद्यार्थी संघका जिल्ला सदस्य ईशाक राई, त्रिजब क्याम्पसका ईकाई अध्यक्ष आशिष राई लगायतको उपस्थिति रहेको थियो ।