
पूर्णपुष्टि, असोज १३ गते ।
त्रियुगा माध्यमिक विद्यालय, गाईघाटको २०५५ एसएलसी ब्याचका विद्यार्थीहरुले विद्यालयका केही स्मरणीय काम गर्ने भएका छन् ।
एसएलसीपछि अध्ययन, जागिर र विभिन्न पेशा, व्यवसायको सिलसिलामा छरपष्ट भएका ०५५ ब्याचका सो विद्यालयका पूर्व विद्यार्थीहरुले शुक्रबार ढिम्की मन्दिरमा भेटघाट कार्यक्रम गरी यस्तो निर्णय गरेको हो । सो व्याचका झण्डै डेडसय बिद्यार्थी साथीहरुलाई समेटेर आप्mनो व्याचको स्मरण रहिरहने केही ठोस काम विद्यालयमा गर्ने निर्णय गरिएको भेला संयोजक एबम् त्रियुगा मावि व्याच नं. ०५५ ग्रुपका संयोजक सुनिल पोखरेलले बताए । दशैंमा घर आएको मौकामा संग पढेका साथीहरुबीच भेटघाट कार्यक्रम राखिएको उनले बताए ।
समुहका सदस्य सचिव राजेन्द्र अधिकारीका अनुसार भेलाले सम्पर्कमा आउन बाँकी साथीहरुलाई सम्पर्क गरेर समुहमा आवद्ध गराउने, सदस्यहरुको प्रोफाईल तयार गर्ने र एकआपसमा सम्बन्ध निकट पारी सामुहिकरुपमा सामाजिक कार्यहरु गर्ने निर्णय भएको छ ।
त्यस्तै सदस्यता शुल्क एकसय र बार्षिक लेबी शुल्क पाँच सय संकलन गर्ने र हरेक बर्ष देउसीभैलो कार्यक्रम खेली समुहको कोष मजबुद पार्दै लैजाने निर्णय भएको छ ।
समुहले गतबर्षदेखि गाईघाटमा रहेका र चाँडबाडमा गाईघाट आइपुगेका साथीसाथीबीच सामुहिक भेटघाट कार्यक्रम गर्दै आएको छ । गतसाल देउसीभैलो कार्यक्रम गरेको समुहले यसबर्ष पनि खेल्ने निर्णय गरेको छ । उक्त व्याचका विद्यार्थीहरु हाल विभिन्न क्षेत्रमा आवद्ध छन् । राजनीतिदेखि कर्मचारी, पत्रकारदेखि व्यापारी/व्यवसायी, कलाकारदेखि खेलाडीसम्मको हैसियतमा रहेका छन् ।