पूर्णपुष्टि, पुष १८
त्रियुगा नगरपालिकाका सामुदायीक विद्यालयलहरुलाई २४ गते सम्म सार्वजानिक विद्या दिईएको छ । यहि पौष १८ गते बाट त्रियुगा अन्तर मावि मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७९ संञ्चालन गर्न लागिएको र अत्यादिक चिसो पनि बढेको भन्दै नगरले सार्वजानिक विद्याको घोषणा गरेको हो । उक्त प्रतियोगितामा नगरभरीका विद्यालयहरुले सहभागिता जनाउनु पर्ने हुँदा सहभागी खेलाडीहरुको समेत पठनपाठनलाई मध्य नजर गरी सवै विद्यालयहरुलाई सार्वजानिक विदा दिईएको जनाईएको छ ।
नगरपालिकाले १७ गते बसेको बठकबाट सार्वजानिक विदाको निर्णय गरेको शाखा अधिकृत शिव कुमार राउत हस्ताक्षर पत्रमा उल्लेख गरिएको छ । त्रियुगा अन्तर मावि मेयर रनिङ शिल्ड खेल प्रतियोगिता आज (१८) गते सोमवार बाट २२ गते सम्म संञ्चालन हुने पत्रमा उल्लेख गरिएको छ ।

