
पूर्णपुष्टि, साउन २
त्रियुगा नगरपालिका २ सनुवा र नमुना टोलमा फेरी बाढीले क्षती पुराएको छ । गत शनिवारको बाढीले पनि त्यस बस्तीहरुमा असर पुराएको थियो । पहिले नै पानी छिरेर वस्ती डुवान भएको त्यस ठाउँमा खोला छेक्ने दरिलो बाँध नहुदा बर्षाको बेला बराम्वार स्थानीयहरुले सास्ती खेप्दै आईरको छ ।
सुक्लाई खोलाको बाढी नमुना टोल छिरेपछि स्थानीयहरुलाई समस्या बनाएको छ । पहिले वडाध्यक्ष सहित स्थानीयहरु मिलेर लगाएको बाँध फेरी बत्किएको छ । स्थानीय सरकारहरुले त्यस क्षेत्रलाई ध्यानमा राखी बाढी रोकथामा दरिलो बाँध निर्माणमा ध्यान नपुराउँदा बाराम्वार बस्ती डुवानमा परेको स्थानीय सविता वस्नेतले जानकारी दिईन् ।
यता सनुवा खोला पनि वस्तीमा छिरेर सनुवाका वासिन्दाहरुलाई डुवानमा पारेको छ । केहि हद सम्म पानी पर्ने वित्तिकै पानी वस्ती तर्फ लाग्ने र क्षती पुराउने गरेको स्थानीयहरुको भनाई छ । आजै मात्र परेको पानी वस्ती तर्फ लाग्दा पुरै डुवेको र धान रोपेको कयौँ बिघा जमिन डुव्नुका साथै धान नष्ट गरेको छ । यता घरको खाद्यन्नहरुमा समेत असर पुराएको अवस्था छ ।
केहि बेरको बर्षाले नै यस्तो समस्या आएपछि आजको रात पानी पर्यो भने कसरी जोगिने भन्ने कुराले स्थानीयहरु चिन्ति बनेका छन् । राती पानी पर्यो भने झनै समस्यामा पर्ने उनिहरुले बताए । स्थानीयहरुले तत्कालै स्थानीय सरकार तथा सम्बन्धित निकायहरु सँग दिगो समयको लागि धरिलो बाँधको माग राखेका छन्् ।
