Wednesday, May 6News That Matters

त्रिविमा एक व्यक्तिको दुई पद

भदौ १३ गते ।

त्रिभुवन विश्व विद्यालयको उपकुलपति र शिक्षाध्यक्षको जिम्मेवारी सम्हालेका प्राडा सुधा त्रिपाठीले दुई पद लिन पाउने कि नपाउने भन्ने विषयमा कानुन बाझिएपनि त्रिविका अधिकांश उच्च अधिकारीले कानुन अनुसार एक पद छाड्नुपर्ने बताउँदै आएका छन् ।

त्रिवि ऐन २०४९ अनुसार उनले दुई मध्ये एक पद छाड्नु पर्ने हो । त्रिवि ऐन २०४९ को दफा २१ ‘ख’मा उल्लेख भएअनुसार विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा त्रिपाठीलाई भदौ ६ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

ऐन र दफामा जेसुकै कुरा उल्लेख गरिएको भएपनि विश्व विद्यालयको कुनै पद रिक्त भएमा सो पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी सहकुलपतिको परामर्शमा कुलपतिले र अन्य पदाधिकारीको जिम्मेवारी उपकुलपतिले विश्वविद्यालयको कुनै वरिष्ठतम प्राध्यापकलाई तोक्ने व्यवस्था छ ।

यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।