
उदयपुर, माघ १४ गते ।
उदयपुरको एक एतिहासिक धार्मीक स्थल त्रिवेणी मेलामा परापूर्वकाल देखि नै राडी पाखीको व्यापार हुदै आएको छ ।
कटारी नगरपालिका वडा नं २ खोक्सामा संचालित त्रिवेणी मेलामा घरेलु उत्पादन राडी पाखीको व्यापार वर्षेनी हुदै आएको हो ।
माघे शक्रान्ति देखि १५ दिन सम्म लाग्ने मेलामा उच्च पहाडी र हिमाली जिल्लाबाट भेडाको उनबाट बनाईएको राडी पाखी, भोटे कुकुरको बच्चा (छाउँरा), घोडाको व्यापार हुने गर्दथ्यो । समय सँगै विकासले गर्दा अहिले छाउँरा र घोडाको मोह समाजमा हटि सकेको देखिन्छ ।
मेलामा शोलुखुम्बु, ओखलढुङ्गा, खोटाङको विभिन्न ठाउँबाट भेडाको उनबाट घरमै हातले बनाईएको राडी, पाखी, चकटी, लम्पट लगायतका वस्तुहरु आउने गरेको पाईन्छ । एक परम्परागत व्यावसायको रुपमा केहि नयाँ पुस्ताहरुले समेत अङ्गालेका घरेलु उत्पादीत राडी पाखी मेलामा ल्याउने गरेको रुम्जाटारको राडी पाखी उत्पादक÷व्यावसायीक भलाकाजी गुरुङले बताए ।
बजारीया सामानको प्रभावले गर्दा मौलिक तथा अर्गानिक घरायसी वस्तुहरुको विशेषता र महत्व ओझेलमा पर्दै गएको गुरुङले बताए । भेडाको बच्चा (बलेक्क्रा)को उनबाट बनाईएको लुकुनी मानिसहरुले लगाउँदा स्वास्थ्यमा पनि फाईदा र अन्य कपडाको तुलनामा न्यानो र खप्ने गुरुङले बताए ।
वातावरण परिवर्तनका कारण प्रयाप्त मात्रामा पानी नपर्दा जंगलमा घाँस नपलाउने र वैदेशिक रोजगारिले गर्दा गाउँघरमा भेडा समेत पाल्न छाडी सकेको छ । गाउँघरबाट सिला साङ्लो गरेर त्यो पनि महंगोमा उन किनेर धेरै दुःखले राडी पाखी बनाई बजार सम्म पु¥याउदा पनि विक्रि नहुने गुरुङले गुनासो गरको छ ।
भेडाको राम्रो तथा गुणस्तरिय उनलाई एक धार्नीलाई ८ सय सम्म पर्ने गरेको गुरुङले बताए । एक धार्नीमा २ केजी आधा हुन्छ । त्यसलाई विभिन्न साधनले धागो काढ्न योग्य बनाई धागो काढी, तान लगाई बुनेर पानीमा उसीनी खुट्टाले उफ्रेर माढेपछि बल्ल राडी पाखी तयार हुने गुरुङले बताए । यति धेरै दुःख गरि बनाएको सामानले बजार नपाउने हुनाले युवा यवतीहरु विदेशीने गरेको गुरुङले बताए ।
अहिले काम गर्ने मान्छे नै पाउन छाडी सक्यो । धेरै दुख थोरै नाफाले गर्दा परम्परागत व्यावसाय नै धरापमा पर्ने अवस्था आउन सक्ने गुरुङले बताए । रुम्जाटारको प्रत्येक घरमा परम्परागत व्यावसाय राडी पाखी उत्पादन गर्दै आएको पाईन्छ ।
विभिन्न जातजाती, धर्म सस्कारले गर्दा भेडाको उनबाट बनाईएको राडी पाखी चाहिने भएकाले मात्रै केहि विक्रि हुने गरेको व्यासायी खड्ग कुमारी गुरुङले बताईन् । पहिला पहिला बजारमा सामान ल्याउन पाईदैनथ्यो आज भोलि बजारीया कलकारखानाको सामाग्रीले गर्दा दिनमा १÷२ वटा मात्रै विक्रि हुने गरेको गुरुङले बताईन् ।
मेलामा ४÷५ सय देखि ८/१० हजार सम्मको उनको विभिन्न खालको राडी पाखी ल्याएको भएपनि थोरै मात्रामा मात्रै विक्रि हुने गरेको गुरुङले बताईन् । आ–आफ्नो सस्कारमा मर्दा पर्दा नभई नहुने भएकोले एका दुईले त्यो पनि महंगो भयो भन्दै किन्ने गरेको गुरुङले बताईन् ।
माघ १ गते विहान सवेरै देखि कमला, ककरु र तावा खोलाको संगम स्थल त्रिवेणीमा भक्तजनहरुले स्नान गरि पुजा आरधना गर्ने गर्दछन् । खोलाको किनारमा लाग्ने १५ दिने मेलामा शोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ लगायतका उच्च पहाडी र हिमाली जिल्लाका विभिन्न ठाउँबाट भेडाको उनबाट घरमै बनाईएको अर्गानिक राडी पाखी मेलाको एक अर्कषणको रुपमा रहने गरेको आयोजक उदयपुर उद्योग बाणिज्य संघ कटारीको अध्यक्ष पुष्कर खड्काले बताए ।
वर्षको एक पटक लाग्ने मेलामा भोटे कुकुरको बच्चा (छाउरा), घोडा ल्याउन छाडेको भएपनि वर्षेनी ओखलढुङ्गाको रुम्जाटारे राडी पाखी आउने गरेको छ । मेलामा विशेष आर्कषणको रुपमा नै रुम्जाटारे राडी पाखी रहने गरेको खड्काले बताए ।
मेलाको आर्कषणको रुपमा रहेको राडी पाखी नयाँ पुस्ताले चिन्न नसकेकाले समाजबाटै लोप हुने अवस्थामा पुगेको छ । अर्गानिक तथा स्वास्थ्यवर्धक भेडाको उनबाट बनाईने राडी पाखी नव पिडीहरुको लागि नौलो सामान बन्दै गाएको खड्काले बताए ।
यसको संरक्षण र प्रवद्र्धन गर्नु अति आवश्यकता भएको देखिन्छ । मौलिक तथा परम्परा र पहिचान सँग जोडिएको राडी पाखीको संरक्षण सँगै प्रवद्र्धन पनि गर्नु पर्दछ ।