Friday, May 22News That Matters

त्रिशूल प्रहार गरी डाँगीको हत्या

पूर्णपुष्टि, जेठ ३० गते । 

दाङमा त्रिशूल प्रहारबाट एक जनाएको हत्या गरिएको छ । बबई गाउँपालिका–३ धनुमासका २८ वर्षीय बालीराम वलीले शुक्रबार बिहान स्थानीय ४७ वर्षीय नारायण डाँगीलाई फलामको त्रिशूलले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।

त्रिशूल प्रहारबाट घाइते भएका डाँगीको उपचारका लागि तुलसीपुर लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । वली पनि घाइते भएको र उनको अहिले तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।