Tuesday, June 30News That Matters

थप १८ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज

पूर्णपुष्टि, जेठ १२ गते । 

नेपालमा थप १८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत थप १८ जनालाई अस्पताले डिस्चार्ज गरेको हो ।

उपचारछि निको भएका २ महिने शिशु र १० जना बालबालिकासहित १८ जनालाई डिस्चार्ज गरेको अस्पतालले जनाएको छ ।

वीरगन्ज–३, छपकैयाको एकै परिवारका २ महिने शिशु, ३ देखि १३ वर्ष उमेर समूहका ३ बालिका, ३ देखि १५ वर्ष उमेर समुहका ६ जना बालक, ३२ देखि ६२ वर्ष उमेर समुहका ४ जना महिला र ३७ देखि ६६ वर्ष उमेर समुहका ४ जना पुरुष डिस्चार्ज भएको असप्ताले जनाएको छ ।

यस परिवारमा सवै भन्दा पहिला गत बैशाख २१ गते ३७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो । उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा वैशाख २४ गते परिवारका थप १७ जना सदस्यमा संक्रमण पुष्टि भएको थियो ।

योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १ सय ५ पुगेको छ ।