
पूर्णपुष्टि, जेठ ४ गते ।
नेपालमा कोरोना भाइरस (कोभिड(१९)को संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ ।
बाँके नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको छ ।
क्वारेन्टाइनमा बस्ने क्रममा स्वास प्रश्वासमा समस्या भएको थियो । उनको आज विहान करिब ६ः४० बजे मृत्यु भएको जनाईएको छ ।
मृतकको स्वाव परिक्षणको रिपोर्ट पोजटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
