Monday, May 11News That Matters

थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४६ पुग्यो

पूर्णपुष्टि, जेठ १ गते ।

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला, भरपुरमा गरिएको परिक्षणमा थप एक जना संक्रमण पुष्टि भएको हो ।

नवलपरासी देवचुली नगरपालिका–१२ को ४९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।