Sunday, May 17News That Matters

थप २५ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, जेठ ७ गते । 

आज थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ४ सय २७ पुगेको हो ।

बाँकेको नरैनापुर गाउँपालिका–५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष र खजुरा गाउँपालिका–५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कपिलवस्तुमा थप २२, ३५ र ४८ वर्षीय पुरुष विजयनगरको क्वारेन्टाइनमा छन् भने महाराजगञ्ज गाउँपालिकाका  जना बालिकासहित १० जना रहेको छ ।  ३, ४, ६,१६, २५ र ३२ वर्षकी महिला र १२, २०, २४ र ३४ वर्षका पुरुषमा संक्रमण देखिएको जनाईएको  छ ।

उक्त संक्रमितमध्ये आज सम्म ४५ जना उपचारपछि निको भएका छन् भने २ जनाको मृत्यु भईसकेको छ ।

अहिलेसम्म नेपालको ३८ वटा जिल्लामा संक्रमण देखिएको छ ।