Saturday, May 16News That Matters

थप ९ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, जेठ ८ गते ।

नेपालमा थप ९ जना कोरोना संक्रमण पुष्टि भएको छ । झापामा ८ जना र रुपन्देहीमा १ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

झापाको १७, १८, १८, २०,२०, २३, ५२ र ५५ वर्षीय पुरुष र रुपन्देहीका २७ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ४ सय ५३ पुगेको छ ।

उक्त संक्रमित मध्ये ४९ जना उपचारपछि निको भएका छन् भने ३ जनाको मृत्यु भईसकेको मन्त्रालले जनाएको छ । नेपालको ३८ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।