Monday, February 17News That Matters

थारु समुदायको एक महिने अखारी पर्व सुरु

डिएन चौधरी

 उदयपुर, असार १ गते ।

असार लागेसँगै थारु समुदायमा अखारी पर्वको सुरु भएको छ । दैनिक साँझपख डिह्वार बाबाको थानमा बत्ति बालेर पुजा आरधना गरि पर्व मनउने गरिएको हो ।

एक महिना मनाउने पर्व एक गतेबाट नै  गाउँमा भएको डिह्वार बाबाको मन्दिर (थान)मा पुजा आरधना गरि बत्ति बालेरर पर्व मनाउने चलिन रहिआएको छ ।

बर्षायाम सुरु भएसंगै प्राकृतिक जोखिम र विपतबाट अप्रिय घटनाहरु नघटोस् भनि असारको पहिलो दिन गाँउका सवैजनाले थानमा गई दियो बत्ति वालेर डिह्वार बावाको पुजा आरधना परापूर्वकालदेखि नै गर्दै आएको त्रियुगा नगरपालिका वडा ८ उत्तरवारीटोलका थानपति(पुजारी) हरीनरायण दासले बताए ।

अखारी पुजा नगरि खेत बारीमा गव लिने (धान रोप्ने) चलन नरहेकाले यस पर्व अहिले पनि थारु समुदयमा लोकप्रिय बनिराखेको छ । बर्षासँगै विषलु किरा फट्याङ्ग्राको बिगबिगी हुने भएकाले यसबाट बच्नका लागि पुजा आरधना गरिन्छ भने महामारी रोग, खेतीपतीमा कुनै प्रकृतिक प्रकोप नहोस भनि पुजा गर्ने चलन रहेको उनले बताए ।

अखारी पुजा गर्दा खिर, लड्डु, आँप, कटहर जस्ता फलफुल चढाएर पुजा आरधना गर्ने गरिन्छ । पुजा आरधनासँगै दिन भरिक काम गरेर थाकेका थकान मेटाउन बेलुका थानमा भेला भई थारु जातीको मौलिक संस्कृतिक वाजा बजाएर धार्मिक गित गाउने चलन छ । बाद्यबादनको तालमा धार्मिक गित गाउने र सामुहिक रुपमा अखारी पुजाको प्रसाद ग्रहण गर्ने चलन छ ।