
गाईघाट/साउन १४
जिल्ला प्रहरी कार्यलय उदयपुरले लागुऔषाध मुद्धाको थुनुवाहरुलाई लागुऔषाध बारे सचेत गराएको छ । मंगलबार जिल्ला प्रहरी कार्यलय उदयपुरको हलमा करिब २२ थुनुवाहरुलाई यस बारे सचेत गराएको हो ।
उदयपुरमा लागु औषाध राम्रै फैलाएको र युवाहरु पूर्णरुपले लागुऔषाध दुव्र्यसनमा परिसकेको भन्दै थुनुवाहरुलाई यस बारे सचेत गराएको छ । नेपाल प्रहरी, स्थानीय तह, सामुदाय, सामाजिक संस्था, विद्यालय लागएतको साझेदारीमा कार्यक्रमको आयोजना गरिएको हो ।
लागुऔषाधका कारण धरै युवाहरुको भविष्य अन्धकार भएको भन्दै उदयपुरमा यसको रोकथामका निम्ति थुप्रै प्रयासहरु गर्दै आएपनि यसको नियन्त्रन भने हुन सकेको छैना ।
जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी वीर बहादुर बुढा मगरले लागु औषाधले देशको जनशक्ति नै नास भएको भन्दै थुनुवाहरुलाई यस बारे सचेत गराएको छ । अधिकांस युवाहरुनै ड्रग्समा होमिने हुँदा देश विकासमा लाग्ने युवाहरुले यस्तो व्यवाहर गर्न नहुने जानकारी दिए ।
मगरले यसले युवाहरुको भविष्यमा ठुलो क्षती पुग्ने र युवाहरुलाई तहसनहस बनाउँदै एक दिन परिवार, टोल, सामाज र राष्टमा समेत युवा जनशक्तिको अभावको अवस्था आउने भन्दै आजै देखी यस्ता चिज लाई त्यागरेर व्यक्तिगत विकासमा लाग्नु पर्ने सुझाए ।
यस्तै ओम शान्तिका हिरामान मोतेले यो मानव जिवनको लागि आबश्यक वस्तु नभएको कुरा सुझाएको छ ।मानव जिवनको महत्वपूर्ण आबश्यकता भनेको स्वास्थ्य, सम्पती, र सन्तुष्टीलाई जोड गर्दै यी तत्वको लागि खराब वस्तु र खराब बानीलाई अन्त्य गरिहाल्नु पर्ने बताए ।
युवा देशको खम्बा भएको हुदा लागुऔषाधले खम्वाहरु नै कम्जोरी हुदा देश नै कम्जोरी अवस्थामा सिर्जना हुने उनले बताए । यस्तै लागुऔषाध दुव्र्यसनका अभियानकर्ता सागर नेपालले यस्तो लतलाई छाड्न सकिने र तत्काल छाड् पहल गर्न सम्झाएको छ ।
अहिले सम्म लागुऔषाधको जति प्रयोग भयो त्यो सब बिर्सियर सकरात्मक पाटोलाई समात्न उनेले निर्देशन गरे । उनले आफु पनि युवा अवस्थामा समाजको लागि खराब व्यक्तिको उदाहरण पात्र बन्न पुगेको तर पछि सकरात्मक बाटोलाई अंगालेर अहिले समाजले राम्रो व्यक्तिको रुपमा उदाहरणको पात्रो बन्न सकेको सुनाए ।
उनले आफुले पनि यसलाई त्याग्न सकेको भन्दै अब यस्तो कार्यलाई यतिमै थन्काएर राम्रो उदाहरणको पात्र बन्न प्रयास गर्नु पर्ने बताए ।