
सुनसरी, चैत्र ३०
सुनसरी दुहबी नगरपालिका–११ तनमुनामा थ्रेसरबाट आगोलागी हुँदा लाखौको क्षेती भएको छ ।
आज विहान साढे ११ बजे सोमनलाल माझीको घरका आगनमा थ्रेसर राखेर गँहु झारी रहेको अबस्थामा अचानक थ्रेसरबाट आगोलागी हुँदा प्र.–१–००२–००३ त १२५७ नम्बरको ट्याक्टर, थ्रेसर र माझीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
उक्त आगलागीबाट १९ लाख बराबरको क्षेती भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । दम्कल, प्रहरी र स्थानियको सहयोगमा दिउसो साढे १ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगो निभाउने क्रममा स्थानीय ४७ बर्षीय राजेन्द्र शाहसमेत घाईते भएको थियो । उनको उपचारको लागी बिराटनगर पठाईएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
