Sunday, June 28News That Matters

दक्षिण एसियाकै पहिलो ड्रागन बोट रेसमा नेपाल दास्रो स्थान

पूर्णपुष्टि,असार ९ । पोखरामा दक्षिण एसियाकै पहिलोपट आयोजना गरिएको ड्रागन बोट रेसमा नेपालले दोस्रो स्थान हाप पारेको छ । बिभिन्न चरणहरु पार गर्दै शनिवार अन्तिम चरण प्रतियोगिता
अन्तर्गत पाँच मिटर रेसमा चीनको युनान प्रथम भएको हो ।

प्रतियोगितामा नेपालको २ टिम र चिनियाँ २ टिम बीच उपाधीका लागि प्रतिस्पर्धा भएको थियो । यस अन्तर्गत नारा नेपाल टिम दोस्रो र सिचुवान ड्रागन बोट टिम तेस्रो भएका छन् ।

नेपालकोतर्फ बाट प्रतिस्पर्धामा सहभागी ४ टिम मध्ये ‘नारा ड्रागन बोट टीम’ र ‘एनआसीए ड्रागन बोट टीम’ले अन्तिम ४ मा स्थान लिएको जनाइएको छ।