बन्दना दनुवार
उदयपुर, जेष्ठ २४ गते ।
प्रथम अधिवेशनले नेपाल दनुवार समाज उदयपुरको नेतृत्वमा केदार दनुवार चयन भएको छ । त्रियुगा नगरपालिका– ८ वैरनीमा सम्पन्न भएको प्रथम अधिबेशनले केदार दनुवारलाई अध्यक्ष चयन गरको हो ।
अधिवेशले दनुवारको नेतृत्वमा ११ सदस्य समिती चयन गरेको छ । उपाध्यक्षमा गनेश दनुवार, सचिब सैनध्वज दनुवार ,सह सचिब अमरबहादुर दनुवार, कोषाध्यक्ष रन्जु दनुवार लगायत ६ सदस्य गरी ११ सदस्य समिती गठन भएको समाजे जनाएको छ ।
उद्धघाटन सत्रका प्रमुख अतिथी प्रदेश सभा सदस्य मानन्यि श्री सन्जा दनुवार ले आफ्नो जातीय पहिचान को लागि आफू निरन्तर लागि रहेको र सबै दनुवार समुदायका युवा पुस्तालाइ आफ्नो जातीय पहिचान र अधिकार का लागि एकजुट हुन आव्हान गर्नु भएको छ ।
समाजले २०७२ शाल देखि दनुवार समुदायको हक हितका लागी काम गर्दै आइरहेको समाजका सस्थापक अध्यक्ष शारदा दनुवारले बताए । दनुवार संग्रहालयको स्थापनन गर्ने, मातृभाषा खोज अनुसन्धन गर्ने दनुवार संस्कार र सस्कृतिको संरक्षण गर्ने र समुदायमा सचेतना मुलक कार्यक्रम गर्ने योजना रहेको उनले बताए । अधिवेशन दनुवार समाजको आफ्नै भवनमा सम्पन्न भएको थियो ।