
खुलेआम मान्छे काटिएको छ, कहाँ छ कानुन ?
नारीको इज्जत फाटिएको छ, कहाँ छ कानुन ?
गरीबीको भारीमा भोकोपेट बोक्ने कान्छीको
पैसामा इज्जत साटिएको छ, कहाँ छ कानुन ?
फगत एकमुठी गाँसको निम्ति कतिको यहाँ
खुन र पसिना चाँटिएको छ, कहाँ छ कानुन ?
महंगीले आकास छोयो, अभावले छोयो
जनता दिनहु ढाँटिएको छ, कहाँ छ कानुन ?
बिनिता राया
त्रियुगा जनता बहुमुखी क्याम्पस, मोतिगडा उदयपुर