
साउन १६ गते ।
देशका दर्जनौँ एनसेल टावरहरु अज्ञात समूहले आागजनी तथा विष्फोट गराएको छ । टावर ध्वस्त हुदा उक्त स्थानको बासिन्दाहरु सञ्चार सम्पर्क विहिन भएको हो ।
पूर्वको झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, पूर्वी नवलपरासी, पर्वत, बाग्लुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा, कैलाली, रुपन्देही लगायतका जिल्लाहरुमा रहेको एनसेल टावरमा आगजनी तथा विष्फोट भएको प्रहरीले जनाएको छ ।
त्यस्तै अर्घाखाँचीको पाणिनी गाउँपालिका – ५ को अमजामा रहेको नेपाल टेलिकमको टावरमा पनि आगजनी भएको छ । गत राती टावरामा आगजनी भएको र सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
टावरमा विष्फोट र आगजनी कसले गरायो भन्ने एकिन नभएपनि विप्लव माओवादी समूहको संलग्नता रहेको अनुमान प्रहरीले गरेको छ ।