Friday, February 7News That Matters

दर्शकलाई भरपुर नचाए गायक दिपक लिम्बुले

पूर्णपुष्टि/उदयपुर, पुस ३० गते ।

उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित प्रदेश नं. १, पहिलो घरेलु औद्योगिक महोत्सवको अन्तिम दिन शनिबार साँझ दर्शकहरुले कठ्यांग्रिदो जाँडोको कुनै प्रवाह गरेनन् । कारण थियो, पहिलो नेपाली तारा लोकप्रिय गायक दिपक लिम्बुको आगमन र उहाँको बजोड प्रस्तुती । गायक लिम्बुको नामै सुनेर आउने स्रोता दर्शकहरुले महोत्सव खचाखच भरिएको थियो ।

गायक लिम्बुले साँझ आप्mना लोकप्रीय गीतहरु प्रस्तुत गर्दा महोत्सवको रौनकतानै अर्को भएको थियो । गायक लिम्बुले गीत गाउँदै जाँदा बेजोडरुपमा नाँच्न हौसिएका दर्शकहरु असिनपसिन बने । कठ्यांग्रीने चिसोले छुनसम्म नसकेको दर्शकहरुलाई व्यवस्थापन गर्न आयोजकलाई निकै हम्मे परेको आयोजक समिति सदस्य साईमा किराँतीले बताउनुभयो ।

मुटु मागेउ तिमले, मैले बाँच्नुपर्छ…. बोलको गीतबाट प्रस्तुती सुरु गरेका गायक लिम्बुले ढल्यो, ढल्क्यो जोवन मेरो, तिमितिरै सानु… बोलको गीतसम्म नौं ओटा गीत प्रस्तुत गर्दासम्ममा दर्शकको चाँप थामि नसक्नु भएको थियो । ननाच्ने दर्शक कोही थिएनन् । मैलेमाया गर्न जानिन होला, तिमिले सिकाउन सक्थेउनी…, किन झुट माया लगाउछौं … गीत लगत्तै सिम्पलसिम्पल कान्छिको डिम्पल पर्ने गाला … गीत गाउँदा बुढापाकाहरुले समेत मन थाम्न नसकेर कम्मर मर्काए । त्यस्तै यो मौसम केही भन्छ… बोलको चलचित्रको गीत, आँखा आँखा जुधेसी…, चोखोमाया हजुरलाई नै हो जस्ता गीतले युवा पुस्तालाई अत्यन्तै हौसाएको थियो ।

बीचबीचमा दर्शकसंग हाइहेल्लो गर्दै गायक लिम्बुले चौथोपटक उदयपुरमा आइरहदा दर्शकहरुको माया अझअझ बढ्दै गएको महशुस गरेको र आफुले पनि उदयपुर र उदयपुरे दर्शकस्रोताहरुलाई हृदयमा सजाईराख्ने बचन दिदा दर्शक मक्ख भए ।

मञ्चसमेतमा उक्लिएर दर्शक नाँच्दा फलामे टेन्डको मञ्च भत्किने जोखिम बढेपछि गायक लिम्बुले नै प्रस्तुतीलाई अवतरण गराएका थिए । प्रस्तुतीपछि गायक लिम्बुसंग फोटो खिच्नेको थामिनसक्नु भिडले उदयपुरमा उहाँप्रतिको ठूलो क्रेज झल्काएको थियो ।